logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर देशभरको मौसम कस्तो रहला?


अंकुरण खबर
806
Shares

देशका केही क्षेत्रमा आंशिक तथा केही ठाउँमा सामान्य बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन्। देशको पश्चिमी क्षेत्रमा अहिले सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ।

अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाइएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी क्षेत्रका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।