logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले खुलायो पहिलो पल्ट कामदार भिसा (फारम भर्ने समय र विधिसहित)


अंकुरण खबर
1.729K
Shares

अमेरिकी कामदार ‘भिसा एचवान बी’ आज मार्च १ (आइतबार) बाट खुल्दै छ ।

पूर्वीय समय अनुसार ‘भिसा एचवान बी’ आज मार्च १ तारिख दिउँसो १२ बजेदेखि आगामी २० दिन अर्थात मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससी आईएसले बताएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अनलाईन फारम दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने छन् ।

ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

युएससीआईएसको सूचना:

थप विवरण बुझ्न र फारम भर्नका लागि www.uscis.gov मा गएर पनि भर्न सकिने छ ।