logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरको एक घरमा आगलागी


अंकुरण खबर
1.209K
Shares

ललितपुरको बालकुमारीमा आज बिहान आगलागी भएको छ ।

बालकुमारीको सीसीआरसी कलेज नजिकैको एक निजी घरमा बिहान पौने नौ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट घरको दुई वटा तलामा क्षति पुगेको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट यति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।

नेपाल प्रहरी, जुद्ध वारुण यन्त्रका दुई दमकलको सहयोगमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ ।