नेपालका लागि नवनियुक्त भारतीय राजदूत नेपाल आइपुगेका छन् ।
राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आज बिहान ११ बजे काठमाडौं आइपुगेका हुन् । क्वात्रालाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए ।
क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।