logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेबाट लागूऔषध सहित एक युवती पक्राउ


अंकुरण खबर
1.586K
Shares

काभ्रे, पनौती नगरपालिका–६ पनौती बजारबाट अवैध लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् ।

रौतहट गुजरा नगरपालिका–२ महिरा घर भई हाल पनौती बजारमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाइछिपाई राखेको नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित उनलाई शनिबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।