logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोकुल बाँस्कोटाविरुद्ध नेविसंघको प्रदर्शन


अंकुरण खबर
1.183K
Shares

सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएसँगै घुुस काण्डमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नु पर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार बिहान नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले क्यापस अगाडि प्रदर्शन तथा नारावाजी गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको, करको भार थोपरेको, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।

साथै उनीहरुले नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन् ।

बाँस्कोटाले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्तासमेत गरेका छन् ।

सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।