logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शौच गर्न गएका यादवमाथि गोली प्रहार


अंकुरण खबर
1.053K
Shares

महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

महोत्तरीको मनरा सिसवा नगरपालिका–३ मा अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ६१ वर्षीय सहदेवप्रसाद यादव घाइते भएका हुन् ।

शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यादवको छातीमुनि गोली लागेको छ ।

घाइते यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोलको दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको छ ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।