logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टर पौडेललाई हटाइयो जिम्मेवारीबाट


अंकुरण खबर
754
Shares

केहि दिनअघि एक बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवी पौडेललाई इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ ।

बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक पौडेललाई जिम्मेवारीबाट हटाइएको हो ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको जानकारी दिएका छन् ।

नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामकी महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए ।

साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए । सो प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्ने जनाइएको छ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।