प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनीले मृर्गौला दिने भएकी छन् ।
नातिनीसँग म्याच भएपछि नातिनी मृर्गौला दिन तयार भएकी हुन् । नजिकका आफन्त तर्फकी नातिनीको मृर्गौला ओलीसँग म्याच भएको छ । तर, उनको नाम भने गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।