logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसको आशंका : ४ जना टेकुको आइसोलेसन वार्डमा


अंकुरण खबर
1.508K
Shares

विदेशबाट फर्किएका चार जनालाई कोरोना भाइरसको आशंकामा टेकुस्थित आइसोलेसन वार्डमा राखिएको छ।

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएपछि विदेशबाट फर्किएका ४ जनालाई भर्ना गरिएको हो। अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाका अनुसार ती मध्ये ३ जना दक्षिण कोरियाबाट फर्किएका र एक जना चीनबाट फर्किएका हुन्। ती चारै जनालाई आइसोलेसन वार्डमा राखिएर उपचार गराइँदैछ।

भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपालीहरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका उनीहरुलाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको जनाइएको छ ।

आइतबार दिउँसो दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए। चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका हुन् ।

हालसम्म ती दुई देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको छ। उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाइएको र आज  रिर्पोट आउने अस्पतालले जनाएको छ।