logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा ज्ञानेन्द्रको कोरोना भाइरस परीक्षण


अंकुरण खबर
1.599K
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ ।

भारत भ्रमणबाट फर्किएका पूर्वराजाको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार कोरोना संक्रमण परीक्षण गरिएको हो । ज्ञानेन्द्र गत साता पत्नी कोमलसहित भारत गएका थिए । ज्ञानेन्द्र र कोमल दुवैको शरीरको तापक्रम सामान्य रहेको चिकित्सकले बताएका छन् ।

भारतमा रहँदा शाहले अमृतसागरमा रहेको स्वर्ण मन्दिर दर्शन गरेका थिए । नयाँदिल्लीमा उनले उच्च राजनीतिक भेटघाट समेत गरेका थिए ।

चीनबाट सुरु भएको कोरानो भाइसरको संक्रमण विश्वव्यापी हुन थालेसँगै सरकारले विदेशबाट आउनेको स्वास्थ्य परीक्षण गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क नै स्थापना गरेको छ । हेल्पडेस्क पार गरेर मात्र विमानस्थलबाट बाहिरिन मिल्ने बनाइएको छ ।