बिरगञ्जको बसपार्कमा रहेको होटेलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
बिरगंज महानगरपालिका वडा–१६ बसपार्क स्थित रहेको चौधरी होटल एण्ड लजमा काठमाडौ बस्ने ४५ बर्षिय जिवन लामा मृत अवस्थामा फेला परेका हुन।
बसपार्कमा रहेको चौधरी होटल एण्ड लजको ११२ नम्बर कोठामा बसेका लामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
होटेलभित्र मृत अवस्थामा ब्यक्ति फेला परेको थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शव बरामद गरि पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।
घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।