नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् ।
उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता भने प्रचण्डसम्म पुगेको थिएन ।