सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार राजेन्द्र अर्याललाई नियुक्त गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय हो। अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली रहेका थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्याललाई नियुक्त गरिएको जनाइएको छ ।