प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटार पुगेकी छन् ।
ओलीको स्वास्थ्य लाभको कामना गर्न राष्ट्रपति भण्डारी बालुवाटार पुगेकी हुन् । ओली आज दोस्रो पटक मृर्गौला प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । ओलीको मिर्गौला प्रत्यारोपण महाराजगञ्जमा बुधबार हुँदैछ ।