पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोराना भाइरसको सन्त्रास इरानमा पनि बढ्दो छ ।
त्यहाँ अहिलेसम्म कम्तिमा पनि ५५ जनाको मृत्यु भइसकेको छ । ३८५ जनाभन्दा धेरैमा कोराना भाइरस संक्रमण देखिएको छ ।
यहीबीच भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई देश फिर्ता ल्याउने भएको छ । भारतका विदेश राज्यमन्त्री मुरलीधरनले आइतबार दुवै देशका अधिकारीहरुले यस विषयमा कुराकानी गरिसकेको र त्यसमा सहमति जुटेको बताएका छन् । इरानमा भारतका ३५० कश्मिरी छात्र रहेको बताइएको छ ।
अहिले भारतबाट इरान जाने र आउने दुवै विमान निलम्बित गरिएको छ । एजेन्सी