logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

शेयर बजारमा सर्किट ब्रेक


अंकुरण खबर
663
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्किट ब्रेक लागेको छ । सोमबार दिउँसो १ वजेर २९ मिनेट पछिको सम्पुर्ण कारोबार स्थगित गर्दै कारोबार बन्द गरिएको सूचना नेप्सेले जारी गरेको छ ।

५ प्रतिशत भन्दा बढिको उत्तारचढाव बजारमा देखिएमा लाग्ने यसप्रकारको सर्किट ब्रेक सोमबार ६ प्रतिशतको नकारात्मक देखिएपछि लागेको नेप्सेले सूचनामा उल्लेख गरेको छ ।

गत हप्ता देखि निरन्तर उकालो लागेको नेप्से साताको दाश्रो दिन आज सोमबार ६ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । आज नेप्से ९६.०६ अंकले घटेर १ हजार ४ सय ९५ दशमलव ३० विन्दुमा थामिएको छ भने २ अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ को कारोवार भएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको शेयर किनबेच भएको छ ।

एनआइसी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइसी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको शेयर किनबेच भएका छन् ।

बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।

केहि दिन यता लगानीकर्ताको आकर्षणको केन्द्र बनेको बैंकिङ उपसमूह ६ दशमलव ७४ प्रतिशतले घटेको छ।