सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिनुको कारणबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
बैठकको सुरुमै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद छलेर पेट्रोलियम पदार्थमा कर बढाउने अधिकार मन्त्रिपरिषदलाई नभएको बताइन् । ‘संसदलाई छलेर कर लगाउने अधिकार मन्त्रिपरिषदलाई छैन । यो संसदको अधिकार हो ।
सरकारले संसदलाई छलेको छ, जनतालाई मुर्ख बनाइरहेको छ । सभामुखको तर्फबाट सरकारलाई कर वृद्धि गर्नुको कारण संसदमार्फत जनतालाई सुसूचित गराओस्’ उनले भनिन् ।
पेट्रोलियममा लगाइएको कर फिर्ता नभए अागामी दिनमा प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएकी थिइन् ।