logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर हस्पिटल बनाउँदै अभिनेत्री श्वेता


अंकुरण खबर
1.079K
Shares

अभिनेत्री श्वेता खड्काले क्यान्सर हस्पिटल बनाउने भएकी छन् । सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी उनले  ललितपुरको गोदावरीमा क्यान्सर हस्पिटल बनाउने भएकी हुन् ।

पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छन् । पति श्रीकृष्णसहित पारिवारिक केही सदस्यको पनि क्यान्सरकै कारण मृत्यु भएपछि क्यान्सर अस्पताल खोल्ने निधोमा पुगेपछि श्वेताको आफ्नो नेतृत्वमा हस्पिटल निर्माणमा लागेकी हुन् ।

गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो । १०० शैय्याको  क्षमताको बनाउन लागिएको अस्पतालको भवन निर्माणमा २ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा सक्ने लक्ष्य लिइएको छ ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै क्यान्सर अस्पतालको सिलान्यास गर्न पाउँदा एउटा बेग्लै खुशी र आनन्दको महसुस भएको बताएकी छन्। उनले  क्यान्सरका कारण जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र भिनाजुको मृत्यु भएको कारण आफू क्यान्सर रोग बिरुद्द मानसिक युद्द लडिरहेकी बताएको छन्।

हेर्नुहोस् उनको फेसबुक स्टाटस: