logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोना भाइरसको कारण सगरमाथा सम्वाद स्थगित


अंकुरण खबर
1.352K
Shares

सरकारले कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएपछि आगामी चैतमा गर्ने तय भएको सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएको जानकारी दिएका हुन् ।

आफ्ना उपलब्धीहरु विश्वलाई सुनाउने उद्देश्यका साथ सरकारले ‘सगरमाथा सम्वाद’को अवधारणा अघि सारेको थियो । सम्मेलन हरेक दुई वर्षमा गर्ने भनिएको थियो ।

सरकारले हासिल गरेका उपलब्धीलाई विश्वसामू पुर्‍याउने मुख्य उद्देश्यका साथ अप्रिल २ देखि ४ सम्म हुने पहिलो सगरमाथा संवाद सम्मेलनमा जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिने सगरमाथा सम्वाद कार्यक्रम अघि सारेको थियो।