logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चारमाध्यमले सचेत पारेका छन् : मन्त्री जम्मकट्टेल


अंकुरण खबर
975
Shares

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताएका छन ।

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारामा आज आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उनले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाए ।

मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रुपमा बुझ्नुपर्नेमा जोड दिए ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले देशभरिका आवश्यक सूचनाहरुलाई सङ्ग्रह गरेर सबैको पहुँचमा पु¥याउन सूचना बैंकको आवश्यकता पर्ने बताए । उनले रजिष्ट्रारको कार्यालयले प्रदेशको सञ्चार क्षेत्रको नियमन, प्रवद्र्धन तथा अनुगमन गरिरहेको उल्लेख गरे ।