logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु, आपत्काल घोषणा


अंकुरण खबर
1.027K
Shares

अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

यो सँगै अमेरिकाको वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ।

ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन्। सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ। यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ। वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरिएको छ।

वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ।