दुबईबाट बहराइन जाँदै गरेका करिब ३० जना नेपाली कामदार फिर्ता भएका छन्।
दुबईको अध्यागमनले ती नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सोमबार भएको पत्रकार सम्मेलनका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।
विश्व स्वास्थ्य संगठनले हालै नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएसँगै दुबईको अध्यागमनले नेपाली युवालाई बहराइन जानबाट रोकेको हो। कोरोना भाइरसको त्रासमा ती नेपालीलाई फिर्ता पठाइएको बताइएको छ।