logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम दिनभर कस्तो रहला ?


अंकुरण खबर
1.638K
Shares

देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल देशैभरिको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभाग आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा राति मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।