logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहिरोपन हुने कारण यस्ता छन्…


अंकुरण खबर
7.956K
Shares

प्रा. डा. नरमाया थापा : नाक, कान,घाँटी रोग विशेषज्ञ

बहिरोपनको अवस्था :

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संघको २०१८ को तथ्याङ्कअनुसार विश्वमा ४६ करोड (६.१५) मानिसहरुमा श्रवण अशक्तता छ । यदि शीघ्र कार्यनीति ल्याएन भने आउँदा वर्षहरुमा मानिसहरुमा सुन्ने असक्तता झन् बढ्ने कुरा छ । सन् २०३० सम्ममा ६३ करोड र सन् २०५० सम्ममा ९० करोड मानिसमा यो समस्या हुने बिश्व स्वास्थ्य संगठनको प्रक्षेपणले देखाउँछ । दक्षिण एशियामा यो समस्या बालबालिकाहरुमा धेरै छ । जन्मजात बहिरोपन भएका बच्चाहरू वा बोल्न सक्ने उमेर भन्दा पहिले बहिरोपन भएका बच्चाहरुले शब्दहरू सुन्न सक्दैनन् र बोल्न पनि सक्दैनन् । श्रवण शक्तिमा समस्या हुनाले बालबालिकाहरु विद्यालय शिक्षाबाट पनि वञ्चित छन्। शिक्षा मन्त्रालय द्वारा प्रकाशित विद्यालयमा अपाङ्गता शिक्षा २०७४ को तथ्यांक अनुसार श्रवण अपाङ्गता भएका करीब १०,००० बालबालिकाहरु मात्र विद्यालयमा अध्ययनरत छन् । बालबालिकाहरुमा हुने यो समस्या मध्ये आधा भन्दा (६०%) बढी समस्याहरु रोकथाम गर्न सकिन्छ ।

बहिरोपन वा श्रवण अपाङ्गता रोकथाम गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्दछ :
१. रुघा लागेमा, पिनास भएमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भईरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बच्नको लागि आमाको दुध खुवाउने, दुध खुवाउदा वच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्दछ । रुघा लागेमा तातो तातो झोल पदार्थ खुवाउनु पर्दछ र निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्दछ । जोडले नाक सफा (सिँ सिँ) गर्नु हुदैन ।
२. कानको वरिपरि चोट लागेमा वा कान कोट्याउदा कानको जाली फुटने सम्भावना हन्छ । त्यसैले कान कोट्याउने बानी सवैले हटाउनु पर्छ र बच्चालाई पनि कान कोट्याउनु हुदैन भनि सिकाउनु पर्दछ ।
३. केहि कारणवस कान पाकि हालेमा वा कम सुन्ने लक्षण देखिएमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्दछ ।
४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुदैन ।
५. गर्भवती भएको पहिलो तीन महिनासम्म आफु खुसीे औषधिको सेवन गर्नु हुदैन, गर्नै परेमा डाक्टरलाई जचाएर मात्र सेवन गर्नुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुदैन ।
६. पुर्व प्रशुती सेवा लिनु पर्दछ र सुत्केरी गराउंदा नजिकैको चिकित्सकको वा स्वास्थ्यकमाको सल्लाह लिनु पर्दछ ।
सुत्केरी गराउंदा बिशेष ध्यान दिनुपर्छ ।
७. यदि आमा बुबा दुबै जन्मजात नै बहिरा थिए भने उनीहरुबाट जन्मने बच्चा पनि कान नसुन्ने हुन सक्छ । त्यस्ता आमाबुबाहरुले बच्चा जन्माउन चाहन्छन् भने उचित परामर्श दिनुपर्छ ।
८. गर्भावस्थामा रुबेला भएमा पनि यसले कानको भित्री भागको श्रवण उत्पन्न हुने अंगको बिकासलाई हानि पु¥याउँदछ । त्यसैले यसको रोकथाम को लागि समुदायमा रुबेलाको खोप कार्यक्रम संचालन गर्नु पर्दछ ।
९. गर्भवती महिलालाई भिरङ्गी भए नभएको जाँच गर्नु पर्दछ र यदि भएमा तुरुन्त उपचार गराउनुपर्दछ ।
१०. बच्चा जन्मिएपछि पूर्ण खोप नलगाएको भए र कानमा कुनै चोटपटक लागेको भए, बच्चा दिन नपुगी जन्मेको भए, जन्मदा तौल कम भएको भए सुनाइको जाँच गर्नु पर्छ ।
११.जन्डिस लागेको बालबालिकाहरुलाई समयमै उपचार गर्नुपर्छ ।
१२.आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्दछ ।
१३. मोवाइल वा ईयर फोन धेरै समयसम्म प्रयोग गर्नु हुदैन । यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्दछ ।
१४.चर्को ध्वनी (जस्तै विस्फोटक पदार्थको आवाज, ठूलो आवाजको संगीत, ध्वनी प्रदुषीत क्षेत्र जस्तै बिमानस्थल, कलकारखाना आदि) बाट जोगिनु पर्दछ ।
१५.गाडीको हरन वजाउन निषेध गरेजस्तै सार्वजनिक ठाउँमा वाजागाजा पनि धेरै चर्को बजाउन निषेध गरिनु पर्दछ ।
१६. चर्को ध्वनी आउने ठाउँमा काम गर्दा इएर प्लग लगाउनु पर्दछ । यस्ता व्यक्तिहरुको समय समयमा सुनाईको जाँच गराउने व्यवस्था गर्नुपर्दछ ।
१६.समय समयमा चिकित्सकद्वारा कानको जाँच गराउनुु पर्दछ ।

लेखक प्रा.डा.थापा त्रि.वि. शिक्षण अस्पताल,विपि स्मृति अस्पताल लगाएतका अस्पतालमा कार्यरत छिन् ।