logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले चिकित्सकलाई भने, ‘एक हप्तापछि क्याविनेट बोलाउँछु’


अंकुरण खबर
2.379K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण अघिको सम्पूर्ण काम सकिएको चिकित्सकहरुले बताएका छन् । डा. अरुण सायमीले प्रत्यारोपण अघिको डायलाइसिस लगायतका सबै काम सकिएको जानकारी दिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहान ९ बजेबाट मिर्गौला प्रत्यारोपणको काम सुरु हुँदैछ ।

डा. सायमीका अनुसार मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहने छन् । पहिलो पटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक पनि नेपाल आएको जानकारी पाएको डा.सायमीले बताए ।

प्रधानमन्त्रीले चिकित्सकलाई चिन्ता मान्नु पर्ने अवस्था नरहेको र आफु एक हप्तापछि गएर मन्त्रिपरिषद् बैठक बोलाउँछु भन्नु भएको जानकारी दिए ।