शिक्षा मन्त्रालयले कोरोना भाइरसको प्रभावबाट सचेत रहन विद्यालयहरुलाई आग्रह गरेको छ ।
मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर शिक्षा मन्त्रालय आग्रह गरेको हो ।
साथै आगामी चैत ६ गतेबाट १५ गतेसम्म एसईई सञ्चालन हुने भएकाले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ ।