logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको शंकामा टेकु अस्पताल भर्ना भएका चारै जनामा संक्रमण नभएको पुष्टि


अंकुरण खबर
1.95K
Shares

कोरोना भाइरस संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा टेकुमा भर्ना भएका चारै जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

काठमाडौं। कोरोना भाइरसको आशंकामा टेकु अस्पताल भर्ना भएका चारै जनामा भाइरसको संक्रमण नभएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले जानकारी दिए । अंकुरण खबरसंगको कुराकानीमा डा.बास्तोलाले भने उहाँहरु डिस्चार्ज भएर आजै घर जानुहुनेछ ।

आशंका गरिएका व्यक्तिमध्ये एक जना चिनियाँ नागरिक र तीनजना नेपाली थिए। उनीहरूमा रूघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो ।