तानसेन नगरपालिका-५ तीन लाकुरीमा आज टिपर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका-३ का ३२ वर्षीय मधु मर्पाङ मगर रहेको प्रहरीले जनाएको छ ।
तानसेनबाट ढुङ्गा लिएर सर्देवातर्फ जाँदै गरेको लु २ त १८५४ नम्बरको टिपर पल्टिँदा मगरको घटनास्थलमै मृत्यु भएको हो ।
टिपर सडकबाट करिब ३ सय मीटर तल खसेको थियो ।