logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार आरोपी सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण


अंकुरण खबर
1.898K
Shares

बलात्कार आरोप लागेपछि भारत फरार भएका ‘सिद्धबाबा’भनिने कृष्णबहादुर गिरीले मंगलबार सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

अनुयायी महिला बलात्कारको आरोपमा परेको मुद्धामा अदालतले कारवाही गर्न भनेपछि भागेका उनी नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गर्न पुगेको प्रहरीले जनाएको छ ।

एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत भागेका थिए ।

जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई अदालतको आदेश बमोजिम आजै जेल चलान गरिएको छ ।