logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१८ राष्ट्रिय सभा सदस्यले आज शपथ लिंदै, क-कसले लिदैंछन् शपथ ?


अंकुरण खबर
624
Shares

माथिल्लो सदन राष्ट्रियसभामा बुधबारदेखि १८ जना नयाँ सांसद आउँदै छन् । दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि बुधबार नयाँ सांसदहरुले शपथ लिन लागेका हुन् ।

राष्ट्रियसभाका नयाँ सांसदहरुको शपथ बिहान ११ बजेपछि हुनेछ । नयाँ निर्वाचित भएका १८ जना सांसद मध्ये १६ जना सत्तारुढ नेकपाका छन्।

नयाँ सांसदहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यस्तै विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि बुधबार सांसदको शपथ लिँदै छन् ।

मंगलबार बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका हुन् ।