नेकपाभित्र देखिएको संकटको गाँठो फुकाउन संविधानमा रहेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री नियुक्त गर्न पाउने सुविधा प्रयोग गरि डा.युवराज खतिवडालाई नै पुन अर्थमन्त्रीमा नियुक्त गरिएको छ ।
खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले बताएको छ ।
राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।