logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन तोलामा २२ सय बढेर सुनको भाउले रच्यो नयाँ  इतिहास


अंकुरण खबर
806
Shares

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । एकै दिन तोलामा २२ सय रुपैंयाले बढेर इतिहास रचेको हो ।

बुधबार छापावाला सुन तोलामा २२ सय रुपैंयाले बढेर ८० हजार ५ रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

गएको फागुन १२ गते सुन तोलाको ८० हजार ३ सय सम्म पुगेको थियो ।