logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिप दुर्घटनामा तीनको मृत्यु


अंकुरण खबर
884
Shares

सुर्खेतमा यात्रु वाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् । उनीहरुको उपचारका लागि वीरेन्द्रनगर ल्याएको प्रहरीले जनाएको छ ।

जिपमा सात जना सवार रहेका थिए । जिप सडकबाट करिब चारसय मिटर तल खसेको थियो । थप विवरण आउँन बाँकी छ ।