काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।
आज बिहान रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले बताएको छ ।
घाइतेहरुको नाम र ठेगाना नखुलेको र उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।
गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको छ ।