कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय नाघेको छ । ९३ हजार भन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर ३२ सय २ जना मृत्यु भएको छ भने ९३ हजार १ सय ५८ जनामा संक्रमण देखिएको छ ।
डब्लूएचओको अनुसार ५० हजार ९ सय ४९ जना पूर्ण रूपमा निको भएका छन् । अहिले ८० मुलुकमा कोरोनाको संक्रमण फैलिएको बताइएको छ ।
कुन देशमा कति मरे ?
चीनमा मंगलबार साँझ थप ३८ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ८१ पुगेको छ । ८० हजार २ सय ७० जना संक्रमित भएका छन् ।
चीन बाहिर १३ वटा मुलुकमा २ सय २१ जनाको मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । इटालीमा २ सय २९ जना जटिल अवस्थामा छन् भने १ सय ६० जना पूर्ण रुपमा निको भएका छन् ।
यस्तै दक्षिण कोरियामा ३२ जना, इरानमा ७७ जान, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृत्यु भएको छ ।
पूरा सूचि हेर्नुहोस्:






सूचि स्रोत: विश्व स्वास्थ्य संगठन