logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ किलो लागू औषध चरेश सहित धादिङबाट २ पक्राउ


अंकुरण खबर
884
Shares

बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु बजारबाट प्रहरीले २५ किलो लागू औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ अवाल्चिङ बस्ने २८ वर्षीय सन्च बहादुर तामाङ र सोही ठाउँका ४१ वर्षीय मानविर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय‚ धादिङले जनाएको छ ।

पृथ्वी राजमार्ग क्षेत्रहरुमा अवैध लागु औषध चरेश ओसार पसार खरिद बिक्री गरेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङ समेतको संयुक्त प्रहरी टोलीले चरेश बरामद गरेको हो ।

मलेखु बजारबाट बेनिघाट तर्फ जाँदै गरेको बा ४८ प ९२२५ नम्बरको मोटरसाइकल चढी बीचमा केही सामान राखिएको अवस्थामा फेला पारेर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा रातो रंगको जेब्रा झोला भित्र खैरो टेपले वेरी चारपाटे आकार बनाई लुकाई छिपाई ल्याएको लागु औषध चरेश २५ किलो सहित फेला पारी पक्राउ गरिएको हो । उनीहरुको साथबाट मोबाईल ३ थान समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।