logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रधानमन्त्री ओली र समिक्षालाई आइसीयूमा राखियो


अंकुरण खबर
949
Shares

मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट आइसीयू कम्पेक्समा सारिएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज नहुन्जेल यहीँ राखिनेछ।

प्रधानमन्त्रीको शरीरमा मिर्गौला जोडिसकेपछि सो मिर्गौलाले काम गरे नगरे हेर्न ‘अनटेबल टेस्ट’ गरिएको र त्यसको नतिजा सकारात्मक रहेको बताइएको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे आधिकारिक जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलनको आयोजना हुँदैछ।

विज्ञहरुका अनुसार शरीरमा दाताको मिर्गौला जोडिसकेपछि त्यसबाट पिसाब बाहिर निस्किए त्यसलाई प्रत्यारोपण सफल भएको रुपमा लिने गरिन्छ।

प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो। डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी थिए।