logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कीर्तिपुरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ


अंकुरण खबर
806
Shares

कीर्तिपुर नगरपालिका-२ ट्याङलाफाँट चाँदनीचोकबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय पुजन बास्कोटा र अछाम पञ्चदेवल घर भई कोटेश्वर बस्ने २५ वर्षीय ईन्द्र बहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्राम सहित फेला पारी पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।