अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपती बिद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे लगत्तै उनले अर्थ मन्त्रालयमा बैठक बसाएर पदभार सम्हालेका हुन् ।
राष्ट्रिय सभा सदस्यका रुपमा यस अघि २ वर्ष अर्थमन्त्रीको जिम्बेवारी सम्हाल्दै आएका उनले मंगलबार साँझ राजिनामा दिएका थिए । संसदको सदस्य पदबाट मुक्त भएपछि राजिनामा दिएका उनी बधबार संविधानको धारा ७८ बमोजिम पुनः नियुक्तीमा परेका हुन् ।
डा. खतिवडाले अर्थमन्त्रीका रुपमाहालको सरकारमा निरन्तरता पाउने वा नपाउने भन्ने विषय निकै लामो समयसम्म चर्चामा थियो । त्यसलाई अन्त्य गर्दै उनी आज फेरी अर्थमन्त्रालयको कमाण्ड सम्हाल्न पुगेका हुन् ।