logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको प्रभाव : काठमाडौँमा हुने विश्वकप छनोट खेल सार्ने तयारी


अंकुरण खबर
741
Shares

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रास खेल क्षेत्रमा पनि देखिएको छ।

काठमाडौको दशरथ रंगशालामा आगामी चैत १३ र १८ गतेका लागि तय भएको सन् २०२२ को फिफा विश्वकप छनोट खेल सर्ने भएको छ। कोरोना भाइरसको संक्रमण र त्रासका कारण छनोट खेल सार्ने तयारी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाका अनुसार खेल हुने नयाँ मिति बारे निर्णय भने भइसकेको छैन्। यसअघि नेपालले चैत १३ गते चाइनिज ताइपेइ र १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।

मिति परिवर्तन गर्न अष्ट्रेलियाले एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिई सकेको छ । अष्ट्रेलियाले आफ्ना नागरिकलाई देश बाहिर नजान आग्रह पनि गरेको छ।