बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३२ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ९९ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १८ पैसा छ।