आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार छापावाला सुन तोलामा २ सयले बढेर ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ८० हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको छ ।