logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जीप दुर्घटना हुदाँ गाउँपालिका सचिवको मृत्यु


अंकुरण खबर
624
Shares

गोरखामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको हो ।

बुधवार राति सडकबाट करिब दुई सय मिटर तल जीप खस्दा जीपमा सवार १ जनाको मृत्यु भएको र ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जीप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको छ । अन्य घाईतेको अवस्था खतरामुक्त रहेपनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चोट लागेका जनाइएको छ  । घाईतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भईरहेकोछ ।

धार्चे गाउँपालिका–६ कासिगाउँमा जेष्ठ नगारिक, अपांगता परिचयपत्र वितरण गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको बताइएको छ ।