logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालसहित ११ देशलाई कोरोनाबाट सतर्कता अप्नाउन डब्लूएचओको आग्रह


अंकुरण खबर
910
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसहित दक्षिण एसियाली देशहरूलाई कोरोना भाइरसबाट सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।  भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९) को पुष्टि गरेपछि डब्लूएचओले सतर्कता बढाउन आग्रह गरेको हो।

डब्लूएचओले दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरुलाई एउटा क्षेत्रमा समेटेको छ। जसमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर रहेका छन्।