आज बिहान पौने ९ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।
भूमि व्यवस्था, सहकारी मन्त्री पद्मा अर्याल सवार यति एयरको विमान उडेको १० मिनेटमै प्राविधिक कारणले काठमाडौं विमानस्थलमै फर्केर आपतकालीन अवतरण गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता देव चन्द्र लालले बताए ।
लालका अनुसार, विमानमा सवार सबै यात्रु सकुशल रहेको र मन्त्री अर्याल अर्को विमान प्रयोग गरेर पोखरातर्फ गएकी छन् ।