logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ गते देखी लगातार ४ दिन सार्बजनिक विदा


अंकुरण खबर
2.249K
Shares

कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको बेला संयोग बस २४, २५, २६ र २७ गते सार्बजनिक विदा परेको छ।

२४ गते शनिवार भएकोले विदा नै छ त्यस्तै २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको छ भने २६ गते पहाडमा होली त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन सार्वजनिक विदा पर्न पुगेको हो ।

प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ।

यता सरकारले कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परिक्षा सकाउन निर्देशन दिएसँगै बिद्यालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखि नै सुरु गर्ने भएका छ्न ।