logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक दोषी ठहर


अंकुरण खबर
1.131K
Shares

बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गरेको हो। दोषी ठहर भएपछि उनलाइ ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश ढुङ्गानाको इजलाशले कोललाई दोषी ठहर गर्दै ३ वर्ष जेल हुने र पीडितलाई जनही २० हजार क्षतिपूर्तिसमेत भराउने आदेश दिएका हुन् ।

न्यायाधीश ढुङ्गानाको इजलाशले कोललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम दोषी ठहर गर्दै सजाय तोकेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुराचारबारे उल्लेख गरिएको छ ।

कोल २०७५ माघ ५ गते पक्राउ परेका थिए। बेलायतका ५१ रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लिएको थियो ।