logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तरल र नरम आहार दिन थालियो


अंकुरण खबर
949
Shares

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न थालेको छ । प्रा.डा. खड्गाले भने, ‘उहाँका सबै भाइटल तथा ल्याव सूचकहरू सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजैदेखि तरल तथा नरम आहार दिन थालिएको छ ।’

प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर उनलाई बोल्न दिइएको छैन। उनको बुधबार दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको हो। यही तरिकाले प्रधानमन्त्री ओलीको अवस्थामा सुधार आउँदै गए आगामी सोमबारसम्म डिस्चार्ज गर्न मिल्ने चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीलाई मिगौला दिने श्रीमती समीक्षा संग्रौलाको पनि अवस्था अपेक्षाकृत सुधार आएकाले उनलाई पनि आजैदेखि तरल र नरम आहार दिन सुरु गरिएको छ ।