logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेकु अस्पतालबाट भागेका व्यक्ति कोराना संक्रमित होइनन्


अंकुरण खबर
780
Shares

बिहीबार मध्यान्ह कोरोना संक्रमणको आशंका गरिएका विरामी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागेका व्यक्ति कोराना संक्रमित नभएको अस्पतालले जनाएको छ ।

टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित होइनन् । अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि उनलाई थप चेकजाँच गरिएन ।

तर मंगलबार उनी आफैं टेकु अस्पताल पुगे । चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए ।

‘बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै आउनुभयो’ अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘चेकजाँच गर्दा त्यस्तो लक्षण देखिएन ।’ तर उनी एकदमै आत्तिएका कारण उपचार गर्छौ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा बस्न आग्रह गरका थियौँ।

त्यसअनुसार उनी क्वारेन्टाइनमा बसे । तर बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको छ । त्यसपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो ।

उनी त्रिभुवन विमानस्थलबाट घर जान लागेको पाइएको छ । उनी अस्पतालको सम्पर्कमा आएका छन् ।